महासंघले डेंगु भएका पत्रकारको उपचार गर्ने

महासंघले डेंगु भएका पत्रकारको उपचार गर्ने

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ ३१ १४:१५ बजे
पत्रकार

काठमाडौं । नेपाल पत्रकार महासंघले काठमाडौं उपत्यकामा डेंगु भएका पत्रकारलाई उपचारको व्यवस्था मिलाउने भएको छ ।  ‘काठमाडौं उपत्यकामा क्रियाशील पत्रकारहरु डेंगु महामारीको काराणले प्रभावित भएका छन् । 

कतिपय अस्पतालमा बेड नपाउने समस्या भएकाले भर्ना हुनुपर्ने अवस्थाका पत्रकारका लागि नेपाल प्रहरी अस्पताल महाराजगन्जमा भर्ना भइ उपचार गर्ने व्यवस्था मिलाइएको महासंघले आज एक सूचना प्रकाशित जारी गर्दै जनाएको छ । 

त्यस्तै पत्रकारले महाराजगन्जकै मेदान्त पोलिक्लिनिकमा गएर समेत डेंगुको निःशुल्क परीक्षण गर्न सकिने महासंघले जनाएको छ । ‘परीक्षणका लागि पत्रकार महासंघले जारी गरेको पत्रकार परिचय पत्र वा काठमाडौं शाखा र महासंघ केन्द्रीय कार्यालयबाट सिफारिस लिएर जान सकिनेछ,’ महासंघले भनेको छ ।

२०७९ भदौ ३१ १४:१५ बजे

प्रतिक्रिया