बाजुरामा कोरोना विरुद्धको दोस्रो चरणको फाइजर खोप लगाइँदै

बाजुरामा कोरोना विरुद्धको दोस्रो चरणको फाइजर खोप लगाइँदै

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ ३१ १३:५६ बजे
फाइजर खोप

काठमाडौं । जिल्लामा विभिन्न स्वास्थ्य संस्थामा पहिलो चरणमा फाइजर खोप लगाएका बालबालिकालाई स्वास्थ्य कार्यालय बाजुराले दोस्रो चरणको फाइजर खोप  आजबाट दिन थालेको छ ।  पाँचदेखि ११ वर्षमुनिका बालबालिकाको लागि जिल्लाभरि दोस्रो चरणको फाइजर खोप लगाइने स्वास्थ्य कार्यालय बाजुराका कार्यालय प्रमुख महेश चन्दले बताएका छन् । जिल्लाका नौवटै पालिकाका १९ हजार एक सय ७१ बालबालिकालाई उक्त खोप लगाइो भएको हो ।  

कार्यालयले एक सूचना जारी गर्दै उक्त उमेर समूहका बालबालिकालाई नजिकैको खोप केन्द्रमा गएर खोप लगाउनसमेत  अनुरोध गरेको छ । चन्दका अनुसार पहिलो चरणको खोप लगाएकाहरुलाई  अनिवार्य रुपामा दोस्रो चरणको खोप लागान आग्रह गरीएको हो ।  

स्वास्थ्यचौकी, प्राथमिक स्वास्थ्यचौकी र सामुदायिक स्वास्थ्य संस्थामार्फत खोप सञ्चालन गर्ने गरी खोप पठाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । यसका लागि स्वास्थ्यकर्मी पठाइएको छ । 

२०७९ भदौ ३१ १३:५६ बजे

प्रतिक्रिया