आज किन उच्च अंकले घट्यो सेयर बजार परिसुचक नेप्से ?

आज किन उच्च अंकले घट्यो सेयर बजार परिसुचक नेप्से ?

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ ३० १५:३३ बजे
share market

काठमाडौ । लगातार दुई  दिन उकालो लागेको नेप्से आज भने उच्च अंकले ओरालो लागको छ । बिहिबार नेप्से आज  ५७ अंकले ओरालो लागेको हो  आज नेप्से ओरालो लागेसँगै १९२४ विन्दुमा पुगेको छ । असोजदेखि लागू हुनेगरी निक्षेपको ब्याजदर बढ्ने संकेत देखिएपछि सेयर बजार उच्च अंकले  ओरालो लागेको हो । नेपाल बैंकर्स एसोसिएसनको बिहीबारको बैठकले ब्याजदरमा यसअघिको भद्र सहमति तोड्ने निर्णय गरेको छ । जसले गर्दा असोजदेखि ब्याजदर बढ्ने अनुमान छ ।

कुल २ अर्ब १२ करोड रुपैयाँको सेयर किनबेच भयो । जम्मा २ कम्पनीको मात्रै मूल्य बढ्यो भने १८६ को घट्यो । सबै उपसमूह घटेका छन् । बैंकिङ २४, विकास बैंक १६९, फाइनान्स ९०, होटल तथा पर्यटन ९१, जलविद्युत् १००, जीवन बीमा १७७, उत्पादन १५९, माइक्रोफाइनान्स १३९, निर्जीवन बीमा १९६, अन्य ५६ र ब्यापार उपसमूह ७८ अंक घटे । समृद्धि फाइनान्स तथा स्वेतगंगा हाइड्रोको मूल्य सबैभन्दा धेरै ७ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा लक्ष्मी बैंक, रिडी पावर, अपी पावर, नेपाल टेलिकम र हिमालयन डिस्टिलरी अगाडि रहे ।

२०७९ भदौ ३० १५:३३ बजे

प्रतिक्रिया