तातोपानी र रसुवागढी नाका सञ्चालनमा

तातोपानी र रसुवागढी नाका सञ्चालनमा

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ ३० १४:२९ बजे
तातोपानी र रसुवागढी

काठमाडौं ।  नेपालको उत्तरी नाका तातोपानी र रसुवागढी नाका सञ्चालनमा आएका छन् । दुवै नाका डेढ महिना पछि सञ्चालनमा आएका हुन् ।  चीन तर्फका  यि दुई नाका सञ्चालनमा आएसँगै अब चिनसँगको व्यापार सहज हुने  भएको छ । 

रसुवागढी नाका भएर बिहीबार बिहान सात वटा कन्टेनर नेपाल भित्रीएको छ भने तातोपानी नाकाबाट दुई वटा कन्टेनर नेपाली भूमिमा प्रवेश गरेको छ ।

बिहीबार बिहान नाकाबाट सात वटा कन्टेनर नेपाली भन्सार यार्डमा आइपुगेको छ । थप सात वटा कन्टेनर आउने जानकारी चिनियाँ पक्षले गराएको रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताएका छन् ।

भन्सार कार्यालयले भने चिनबाट कति कनटेनर नेपाल आउछन् त्यसबारे जानकारी नभएको बताएको छ । 

२०७९ भदौ ३० १४:२९ बजे

प्रतिक्रिया