झुन्डिएको अवस्थामा फेला व्यवसायी रामआशिष महतो

झुन्डिएको अवस्थामा फेला व्यवसायी रामआशिष महतो

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ ३० १४:१८ बजे
रामआशिष महतो

काठमाडौं ।  सिराहाका एक चर्चित व्यवसायीको शव झुन्डिएको अवस्थामा भेटिएको छ। लहानमा हिरो मोटरसाइकलको सोरुम, कृष्णा ज्वेलरी र आइएमई मनी ट्रान्सफर सञ्चालन गरिरहेका लहान–१ का करिब ५३ वर्षीय रामआशिष महतोको शव मोटरसाइकल सोरुम रहेको घरको चौथो तल्लामा झुन्डिएको अवस्थामा बुधबार राति भेटिएका हुन् । 

भित्रबाट ढोकाको चुकुल लागेकाले भेन्टिलेसन फुटाएर हेर्दा झ्यालको पर्दाको डोरीमा झुन्डिएको अवस्थामा शव भेटिएको  हो ।  महतो झुन्डिएको कोठामा तीन–चार पृष्ठको हस्तलिखित कागजसमेत भेटिएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायव उपरीक्षक कुमारप्रसाद मैनालीले बताएका छन् । 

बुधबार साँझ ६ बजेतिर धनगढीमाई कुर्वाका आफ्ना साथी राजेश साहलाई मोटरसाइकलमा धनगढी पुर्‍याएर करिब ७ बजेतिर उनी लहान फर्किएका  थिए। तर, राति करिब ९ बजेसम्म घर नपुगेपछि परिवारले खोजी गर्ने क्रममा मोटरसाइकल सोरुम रहेको घरमा झुन्डिएको अवस्थामा  पाइएका हुन् । 

सुनचाँदी व्यवसाय संघ लहानले संघका कोषाध्यक्षसमेत रहेका महतोको आकस्मिक निधनप्रति दुःख व्यक्त गर्दै बिहीबार एक दिनका लागि जिल्लाका सुनचाँदी पसल बन्द गरेको छ।

२०७९ भदौ ३० १४:१८ बजे

प्रतिक्रिया