सोह्रखुट्टे क्षेत्रका अनधिकृत संरचनामाथि महानगरको डोजर

सोह्रखुट्टे क्षेत्रका अनधिकृत संरचनामाथि महानगरको डोजर

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २९ १५:४६ बजे
डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले अनधिकृत रुपमा बनेको संरचनाहरु चत्काउने कार्यलाई तिव्रताका साथ  अघि बढाएको छ । आज महानगरले सोह्रखुट्टे क्षेत्रका अनधिकृत संरचनामाथि डोजर चलाएको हो।

अनधिकृत संरचना हटाउन पटक(पटक अनुरोध गरेता पनि अटेर गरेको भन्दै महानगरले  डोजर चलाएको हो । नगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार अतिक्रमण गरी सञ्चालित फुटपाथ र नक्सा विपरीतको बेसमेन्ट हटाउन डोजर चलाइएको हो ।

महानगरले न्यू बिहान किचेन स्टोर्स र टपरी मःम पसलको भत्काएको हो। सोह्रखुट्टे चोकमा डोजर चल्न थालेपछि केही घरधनी र महानगर प्रहरी बीच विवाद भएको छ ।

२०७९ भदौ २९ १५:४६ बजे

प्रतिक्रिया