विशिष्ट व्यक्तिको सवारीका कारण मिटरब्याजपीडितमाथि धरपकड

विशिष्ट व्यक्तिको सवारीका कारण मिटरब्याजपीडितमाथि धरपकड

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २८ १६:०९ बजे
मिटरब्याजपीडित

काठमाडौं ।अति विशिष्ट व्यक्तिको सवारीका कारण प्रहरीले मिटरब्याजपीडितमाथि धरपकड गरेको छ । चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुको सवारी हुँदा शान्तिपूर्ण धर्नामा बसेका मिटरब्याजपीडितमाथि प्रहरीले  धरपकड गरेको हो । 

मंगलबार ३० जनालाई पक्राउ गरिएको छ । मिटरब्याजपीडित माइतीघरमा धर्नामा बसेका थिए ।माइतीघर–नयाँ बानेश्वर क्षेत्र लीको भ्रमण रुट पर्ने भएकाले प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सिताराम रिजाललले बताएका छन् । 

उनको भ्रमणका क्रममा सोमबार पनि प्रहरीले मिटरब्याजपीडितमाथि धरपकड गरेको थियो ।

२०७९ भदौ २८ १६:०९ बजे

प्रतिक्रिया