'नेपाली चलचित्रलाई हल दिएन भनेर मेरो बदनाम गर्न खोजियो’

'नेपाली चलचित्रलाई हल दिएन भनेर मेरो बदनाम गर्न खोजियो’

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २८ १६:०० बजे
भुवन केसी

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली चलचित्रलाई हल नदिएको  भन्ने कुरा आधारहिन  भएको बताएका छन् । उनले  नेपाली फिल्मलाई  हल नदिएको भन्दै आफ्नो बदनाम गर्ने दोजिएको बताएका छन् ।   मङ्गलवार नेपाली चलचित्र ुसायराु निर्माण हुने जानकारी दिन  काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै  केसीले यस्तो  बताएका हुन् । आफू र चलचित्र विकास बोर्डले नेपाली चलचित्रलाई हल दिएन भनेर नकारात्मक हल्ला फैलाइ आफ्नो बदनाम गर्ने कोसिस भइरहेको उनले बताएका छन् । उनले आफुले  नेपाली फिल्मलाई  आगामी दिनमा उचाइमा पुगाउने गरि काम गरिरहेको  बताएका छन् । 

केसीले नेपाली सिनेमालाई नेपालमा नै सोचेजति साथ र सहयोग नमिलेको गुनासो गरेका छन् । उनले बाहिरी देशका चलचित्रले पनि नेपालमा स्थान पाउनुपर्ने तर पहिलो प्राथमिकता भने नेपाली चलचित्रलाई नै हुनुपर्ने बताएका छन् । नेपाली चलचित्रलाई हाम्रै देशमा सोचेजति सहयोग र माया मिलिरहेको छैन । संसारभरको सबै चलचित्र हाम्रो देशमा चल्नुपर्छ तर पहिलो प्राथमिकता नेपाली चलचित्रलाई हुनुपर्छ, उनले भने । बजारमा भुवन केसी र विकास बोर्डले नेपाली सिनेमालाई हल दिएन, शो दिएन भनेर नकारात्मक हल्ला फैलाएर मेरो बदनाम गर्ने कोसिस गरिएको  उनको भनाई रहेको छ। 

चलचित्र सायरामा आर्यन सिग्देल, कविता नेपाली लगायतका कलाकारको अभिनय रहने छ । चलचित्र बलिउडका विशाल देसाईले निर्देशन गर्नेछन् भने सामाजिक र प्रेम कथामा अधारित चलचित्रको ९० प्रतिशत छायाङ्कन अस्ट्रेलिया र १० प्रतिशत छायाङ्कन नेपालमा हुनेछ । अस्ट्रेलियाको सिड्नी र मेलबर्नमा छायाङ्कन हुने चलचित्रको कथावस्तु निर्माता रघु परियारको रहेको छ । 

२०७९ भदौ २८ १६:०० बजे

प्रतिक्रिया