पछिल्लो २४ घण्टामा थप २०३ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप २०३ जनामा कोरोना संक्रमण पुष्टि

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २८ १५:४८ बजे
corona

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभरि थप २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको १ हजार ३ सय पिसिआर परिक्षणका क्रममा ८७ जना र ३ हजार ७ सय ५९ एन्टिजेन परीक्षणका क्रममा १ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार  कोरोना संक्रमणका कारणबाट आज कसैको पनि मृत्यु भएको छैन् ।  त्यस्तै थप १ सय २६ जना कोरोना संक्रमण मुक्त भएका छन्।हाल नेपालमा २ हजार २ सय ३२ सक्रिय संक्रमित आइशोलेशनमा रहेका छन् । 

२०७९ भदौ २८ १५:४८ बजे

प्रतिक्रिया