नेप्से आज दोहोरो अङ्कले बढ्यो

नेप्से आज दोहोरो अङ्कले बढ्यो

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २८ १५:२४ बजे
sharemarket

काठमाडौं । लगातार ओरालो यात्रामा रहेको नेप्से आज भने उकालो लागेको छ । 

६ दिनसम्म घटेको शेयर बजार आज मङ्गलवार २१.३०  अंकले उकालो लागेको हो ।  आज नेप्से  उकालो लागेसँगै १९३४ विन्दुमा पुगेको छ  आज नेप्से  दोहोरो अंकले उकालो लागको हो । 

आज विकास बैंक, फाइनान्स, बीमा र  माइक्रोफाइनान्स समूहको शेयर उच्च  अंकले उकालो लागेका छन् । 

 आज दुई सय ३१ वटा कम्पनीको ३१ लाख ४६ हजार कित्ता शेयर ९२ करोड २५ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नबिल बैँकको पाँच करोड ९४ लाख र रिडी हाइड्रोको पाँच करोड ६३ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज बोटलर्स नेपालको शेयर १० प्रतिशत तथा मैलुङखोला जलविद्युतको शेयर साढे सात प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि नबिल बैंक डिबेन्चरको शेयर साढे नौ प्रतिशतभन्दा धेरैले घटेको छ ।

२०७९ भदौ २८ १५:२४ बजे

प्रतिक्रिया