बारा जंगल क्षेत्रमा घाँस दाउरा खोज्ने बहानामा यौनजन्य क्रियाकलाप

बारा जंगल क्षेत्रमा घाँस दाउरा खोज्ने बहानामा यौनजन्य क्रियाकलाप

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २८ १५:१४ बजे

काठमाडौं । बाराको आधाभार जंगल क्षेत्रको किनारामा  ३र४ जना अधवैंशे महिला दैनिक देखिन्छन् । उनीहरुले राजमार्गमा गुड्ने ट्रक तथा मोटरसाइकललाई रोक्छन् । केहीबेर चालक र महिलाबीच कुराकानी हुन्छ त  सँगै जंगलभित्र जान्छन् ।

बिहान १० बजेदेखि साँझ ४–५ बजेसम्म सडकमा सवारी रोक्ने र चालक जंगल पस्ने  काम गरिरन्छन् ।  जंगलमा घाँस दाउरा खोज्ने बहानामा ट्रक तथा मोटरसाइकल चालकसँग पैसा लिएरै यौनजन्य क्रियाकलाप हुने गरेको  प्रहरीले जनाएको छ । 

प्रहरीले हालै यौन कृयाकलापमा संलग्न रहेको आरोपमा ५ जना महिलालाई  पक्राउ गरेको छ । यस्तो कार्य गर्ने भारतिय नागरिक रहेको प्रहरिले जनाएको । 

भारतबाट आउने र यस्तो कार्यमा लाग्न काम धेरै लामो समय देखि भइरहेको प्रहरिले जनाएको छ । कतिपय महिलाले रक्सौलबाट भन्सार छलेर कपडा ल्याई हेटौंडामा छोड्ने र फर्कदा राजमार्ग क्षेत्रमा बस्ने गरेको पनि पाइएको प्रहरीले जनाएको छ ।

जंगल क्षेत्रमा यौनजन्य क्रियाकलाप हुने गरेको जनगुनासो आएपछि प्रहरीले अनुसन्धान गरि कारर्वाहि थालेको हो ।तीन दिन अघि प्रहरीले ५ जना महिला सडक छेउमा बसेको देख्यो।

उनीहरुलाई नियन्त्रणमा लिन खोज्दा दुई जना जंगलभित्र भागे । तीन जनालाई प्रहरीले पक्राउ  गरेको थियो । एक दिन प्रहरी हिरासतमा राखेर सोधपुछ गर्दा उनीहरु बोल्न मानेनन् । त्यसपछि प्रहरीले सीमा क्षेत्रमा लगेर छोडिदियो ।

सोमबार थप २ जना पक्राउ परेका छन् । उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराले बताएको छ ।

जंगलमा यौनजन्य क्रियाकलाप हुने गरेको गुनासो आएपछि नियन्त्रणका लागि अभियान थालिएको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले बताए । ‘घाँस दाउरा गरिरहे जस्तो देखिन्छ । पक्रने आधार नै नहुने । यसो सोधपुछ गर्न खोज्दा जंगलै जंगल भाग्ने  गरेको रयसपटक शंकास्पद गतिविधि गरिरहेको अवस्थामा दुई पटक गरेर ५ जनालाई पक्राउ गरिएको उनले बताएका छन् । 

बारा–पर्साका सस्ता होटल र जंगल क्षेत्रमा यौनजन्य गतिविधि हुने गरेको संकेत पाएपछि कारबाही सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जनाएका छन् । 

 उनले भने, समूह समूहमा महिला जंगल छेउमा बस्ने, गाडीवाला, बटुवालाई आकर्षित गरेर यौनजन्य क्रियाकलापमा संलग्न हुने गरेका रहे छन्। जमार्ग क्षेत्रमा ट्रक रोकेर चालक पनि जंगल पस्ने वा महिलालाई गाडीमा लैजाने गरेको पाइएको छ । जंगल क्षेत्रमा हुने अनैतिक गतिविधिलाई नियन्त्रण गर्छौ ।’

एक पटकका लागि परामर्श गरेर छोडे पनि पुनः त्यस क्षेत्रमा देखिए महिलाहरु विरुद्ध कानुनी कारबाही गर्ने प्रहरीले जनाएको छ। सवारी चालकलाई पनि कारबाही  गरिने उनले बताएका छन् । 

२०७९ भदौ २८ १५:१४ बजे

प्रतिक्रिया