हिमालयन रि इन्स्योरेन्सको नाफा उल्लेख्य

cको नाफा उल्लेख्य

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २८ १४:२८ बजे
हिमालयन रि इन्स्योरेन्स

काठमाडौं । हिमालयन रि इन्स्योेरेन्स कम्पनीले गत वर्ष २७ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको छ ।  कम्पनीले गत  वर्ष कुल २७ करोड ८२ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको हो ।

गत आर्थिक वर्षको चैत मसान्तसम्म १९ करोड ६४ लाख ५७ हजार रुपैयाँ नाफा कमाएको कम्पनीले पछिल्लो तीन महिनामा ८ करोड १७ लाख ९७ हजार रुपैयाँ नाफा कमाएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७७\७८ मा कुल ८२ करोड ७६ लाख ४५ हजार रुपैयाँ आम्दानी गर्दा ८६ करोड ४२ लाख रुपैयाँ खर्च गरेको थियो । जतिबेला नाफा नोक्सान ब्यालेन्स सिटमा कम्पनीलाई ३ करोड ६५ लाख ५५ हजार घाटा लागेको थियो ।  कम्पनीले लगानी, कर्जा तथा अन्य सेवाहरूबाट ५३ करोड कमाएपछि पौने २८ करोड नाफा आर्जन गरेको थियो ।

कम्पनीले ६ अर्ब ८५ करोड ५० लाख रुपैयाँ वाणिज्य बैंकको मुद्दती निक्षेपमा लगानी गरेको छ । कुल लगानी रकमको ९२ प्रतिशत रकम मुद्दती निक्षेपमा लगानी गरेकाले कम्पनीको आम्दानीको स्रोत सबै ब्याजमा नै निर्भर रहेको छ । 

२०७९ भदौ २८ १४:२८ बजे

प्रतिक्रिया