ट्रकको ठक्करबाट एक जनाको मृत्यु

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २८ १३:०३ बजे

काठमाडौं । झापामा  सवारी दुर्घटनामा परि एक जनाको  ज्यान गएको छ ।  भद्रपुर नगरपालिका-२ को देउनियामा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएकको हो । पृथ्वीनगरबाट भद्रपुर तर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ३६५९ नम्बरको ट्रकले पैदल यात्री स्थानीय ३५ वर्षीया तुलसा खवास लामा र उनको २ बर्षीया छोरी रुक्सना लामालाई ठक्कर दिएको हो । 

 प्रहरीका अनुसार पैदलयात्रीलाई ठक्कर दिएको ट्रक अनियन्त्रित भई पुलबाट खोलामा खसेर दुर्घटना भएको छ । दुर्घटनामा घाइते भएका आमा छोरी र ट्रकका सहचालक बिर्तामोड-२ झापाका २४ वर्षीय अनिल हस्दा र ५२ वर्षीय बुद्धलाल राजवंशीलाई उपचारको लागी प्रादेशिक अस्पताल भद्रपुर लगिएकोमा एक जनाको मृत्यु भएको हो ।

उपचारको क्रममा तुलसा खवासको मृत्यु भएको हो । ट्रक चालक पाँचथर हिलिहाङ(६ का योगेश सिटौलालाई प्रहरीले नियन्त्रणमा रहेका छन् । घाइते तीनै जनाको बिएनसी अस्पताल बिर्तामोडमा थप उपचार भइरहेको  प्रहरीले जनाएको छ । 

२०७९ भदौ २८ १३:०३ बजे

प्रतिक्रिया