थप १७९ जनामा कोरोना संक्रमण पुष्टि

थप १७९ जनामा कोरोना संक्रमण पुष्टि

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २७ १६:३३ बजे
कोरोना-संक्रमण-

 काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ  ।  पछिल्लो २४ घण्टामा  कोरोना संक्रमण्मको काराणबाट १ जनाको ज्यान गएको छ ।

४ हजार ९५९ जनाको परीक्षणमा १७९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  

 २ हजार ६०० जनाको पीसीआर परीक्षण गर्दा १२७ जना र २ हजार २५९ जनाको एन्टिजेन परीक्षण गर्दा ५२ जनामा संक्रमण देखिएको मन्त्रालयको  जनाएको छ । 

कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २ हजार २७१ जना पुगेको छ । पछिल्लो २४ घण्टामा १७१ जना संक्रमणमुक्त भएका छन् ।

२ हजार १९० जना होम आइसोलेसनमा रहेका छन् भने ८१ जना संस्थागत आइसोलेसन र १५ जना आईसीयूमा  रहेका छन् ।  नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ५० हजार ३५१ पुगेको छ ।

२०७९ भदौ २७ १६:३३ बजे

प्रतिक्रिया