मोटरसाइकलको ठक्करले पैदलयात्रीको मृत्यु

मोटरसाइकलको ठक्करले पैदलयात्रीको मृत्यु

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २७ १५:४४ बजे
death

काठमाडौं । पर्सामा मोटरसाइकलको ठक्करबट एक पैदलयात्रीको  ज्यान  गएको छ । आइतबार राति पटेर्वासुगौली गाउँपालिका–१ स्थित सडकमा प्रदेश २–०३–२१ प ९३०० नम्बरको मोटरसाइकलले पैदलयात्री ठक्कर दिदा ४५ वर्षकी फुलमती देवी  खातुनको ज्यान गएको हो । 

मोटरसाइकलको ठक्करबाट महिला गम्भीर घाइते खातुनलाई तत्कालै उद्दार गरी उपचारको लागि वीरगञ्जको नारायणी अस्पताल ल्याइएको थियो ।

उपचारकै क्रममा आइतबार राति साढे ११ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताएका छन् । प्रहरीले चालक पटेर्वासुगौली–१ का ३५ वर्षीय मनोज कुमार यादवलाई पक्राउ गरेको छ ।

२०७९ भदौ २७ १५:४४ बजे

प्रतिक्रिया