थामिएन नेप्सेको ओरालो यात्रा

थामिएन नेप्सेको ओरालो यात्रा

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २७ १५:३८ बजे
sharemarket

काठमाडौं । निरन्तर ओरालो यात्रामा रहेको नेप्से आज पनि ओरालो लागेको छ । हिजो सामान्य अंकले ओरालो लागेको नेप्से आज भने  उच्च अंकले ओरालो लागको हो । नेप्से निरन्तर ओरालो लागिरहँदा लगानिकर्ताहरु भने निराश बनेका छन् ।   साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक१३.५९ अंकले  ओरालो लागको  हो । 

 नेप्से आज ओरालो लागेसँगे १९१२.६९ बिन्दुमा  पसगेको छ ।  आज २२५ वटा धितोपत्रको ८३ करोड १६ लाख ३ हजार ६५० रुपैयाँ बराबरको कारोबार भएको छ।

 आज युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावको सेयर मूल्य सबैभन्दा धेरै ४.१७ प्रतिशतले बढेको छ। उक्त कम्पनीको सेयर मूल्य प्रतिकित्ता एक हजार ५५० रुपैयाँ पुगेको छ।

आज सेयर मूल्य सर्वाधिक घट्नेमा १०.५५ नेपाल इन्भेष्टमेन्ट डिवेञ्चर २०८२ रहेको छ। बैंकको ऋणपत्रको मूल्य ९.५८ प्रतिशतले घटेर प्रति ऋणपत्र मूल्य ९५९ रुपैयाँमा झरेको छ। 

त्यस्तै, सामुदायिक लघुवित्तको सेयर मूल्य ५.८७ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार ३८० रुपैयाँ कायम भएको छ।

आज सर्वाधिक सेयर खरिद–बिक्री नबिल बैंकको भएको छ। कम्पनीको ४ करोड ७ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो। 

कम्पनीको सेयर मूल्य अघिल्लो दिनको तुलनामा १।५३ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ७५५ रुपैयाँ कायम भएको छ।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा रिडी पावर रहेको छ। उक्त कम्पनीको ५६० रुपैयाँ ४० पैसामा २ करोड ७९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड समूहको परिसूचक ०.१२ प्रतिशतले बढेको छ भने बाँकी समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।आज जलविद्युत समूहको परिसूचक सर्वाधिक १.४३ प्रतिशतले घटेको छ। 

२०७९ भदौ २७ १५:३८ बजे

प्रतिक्रिया