पीसीका नेता ली काठमाडौँ आइपुग्दै, सोल्टी होटलमा डिनर

पीसीका नेता ली काठमाडौँ आइपुग्दै, सोल्टी होटलमा डिनर

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २७ १५:२८ बजे
पीसीका नेता ली

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को स्थायी समितिको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्स सोमबार नेपाल आइपुग्ने भएका छन्। लीलाई सभामुख अग्नि सापकोटाले स्वागत गर्ने कार्यक्रम रहेको छ।

लीको नेपाल भ्रमणका क्रममा दुई देशबीचका संसदीय तहमा सहकार्य भ्रमण आदान–प्रदान सम्बन्धमा सम्झौता हुने जनाइएको छ । अध्यक्ष ली सोमबार दिउँसो करिब साढे ३ बजे सय जनाको हाराहारीमा उच्चस्तरीय टोलीसहित काठमाडौंमा  आउने भएका छन् । 

ली र सभामुख सापकोटाबीच सोमबार ५ बजे भेटवार्ता हुनेछ । ६ बजे उनीहरुबीच सम्झौतामा हस्ताक्षर र साढे सात बजे ली सहितको टोलीलाई सोल्टी होटलमा डिनर दिने कार्यक्रम छ । यसैबीच सरकारले बेलायती महारानी एलिजाबेथ द्वितीयको शोक अवधि सकिएको सरकारले जानकारी दिएको छ । पाँच बजे शोक सकिएपछि साढे ७ बजे डिनर दिन लागिएको हो । 

मंगलबार बिहान अध्यक्ष लीले नयाँ राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सेनासँग भेटवार्ता गर्ने छन् । त्यसपछि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छुट्टा–छुट्टै भेट्ने कार्यक्रम रहेको छ। परराष्ट्रमन्त्री नारायण खड्काले भने मंगलबारै सोल्टी होटलमा भेटवार्ता  गर्नेभएका छन् ।  

त्यसपछि ली प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटवार्ता गर्न बालुवाटार पुग्ने छन् । भ्रमणका क्रममा अध्यक्ष लीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग समेत भेटवार्ता गरेर बिहीबार स्वदेश फर्कने छन् ।उनी चिनियाँ राष्ट्रपति सी चिनफिङका विश्वास पात्र मानिन्छन् । 

२०७९ भदौ २७ १५:२८ बजे

प्रतिक्रिया