चिनियाँ राजदूतद्वारा नेपालमा बढ्दो अमेरिकी र टिओबीका गतिबिधिबारे चासो

bimbonline बिम्ब अनलाइन
२०८३ कात्तिक ३ १६:२३ बजे

काठमाडौं। नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले नेपालमा बढ्दो अमेरिकी र टिओबीका गतिबिधिबारे चासो राख्नुभएको थाहा भएको छ । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई हिजो उहाँकै निवास काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–६, इटालीटारमा भेटी नेपालको सार्वभौमिकता र स्वतन्त्र परराष्ट्र नीतिलगायत विषयमा छलफल गर्नुभएको सो पार्टी निकट समाचारसूत्रहरुले जनाएका छन् ।

भेटवार्तामा नेपाल–चीनबीचको पारस्परिक सम्बन्ध, राष्ट्रिय हित, क्षेत्रीय सन्तुलन तथा नेपालको सार्वभौमिकता र स्वतन्त्र परराष्ट्र नीतिलगायत विषयमा छलफल भएको बताइएको छ ।

भेटकाक्रममा दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने, नेपालको राष्ट्रिय हितलाई प्राथमिकता दिने तथा बदलिँदो क्षेत्रीय र अन्तर्राष्ट्रिय परिस्थितिमा सन्तुलित कूटनीतिक सम्बन्ध कायम राख्ने विषयमा विचारविमर्श भएको रास्वपा श्रोतको दावी छ ।


२०८३ कात्तिक ३ १६:२३ बजे

प्रतिक्रिया