भारत पुगेर अर्थमन्त्री वाग्लेले भने-भारतविरोधी राष्ट्रवादको युग समाप्त भयो

bimbonline बिम्ब अनलाइन
२०८३ कात्तिक ७ १९:४४ बजे

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपालमा भारत विरोधी राष्ट्रवादको युग समाप्त भएको टिप्पणी गरेका छन् । भारतमा एनडीटीभीले आयोजना गरेको संवादमा बोल्दै अर्थमन्त्री वाग्लेले यस्तो टिप्पणी गरेका हुन् ।

नेपाल र भारतबीचको सम्बन्ध पृथक रहेको बताउँदै नयाँ सरकारले भारतसँगको सम्बन्धलाई थप सुदृढ र नयाँ उचाइमा पुर्‍याउन चाहेको बताए ।”कुनै समय राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोडेर हेर्ने गरिन्थ्यो । तर, त्यो युग अब सकिएको छ,” वाग्लेले भनेका छन्।

मन्त्री वाग्लेले प्रधानमन्त्री वालेन्द्र शाह २०२६ को अन्त्यसम्ममा भारत भ्रमणमा जान सक्ने उल्लेख गरे । शाहको भारत भ्रमणले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सक्ने विश्वास उनले प्रकट गरेका छन् ।

नेपालको राष्ट्रिय हित भारतको आर्थिक प्रगतिसँग निकट रूपमा जोडिएको उनको भनाइ छ । दुई मुलुकबीच व्यापार तथा आर्थिक सहकार्य सुदृढ हुँदा दुवै देशलाई फाइदा पुग्ने उनले बताएका छन् ।

२०८३ कात्तिक ७ १९:४४ बजे

प्रतिक्रिया