त्रिविको ताला खुलाउन कर्मचारीको अपील

त्रिविको ताला खुलाउन कर्मचारीको अपील

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २७ १५:१५ बजे
त्रिवि

काठमाडौं । लामो समयदेखि तालाबन्दी अवस्थामा रहेको त्रिभुवन विश्वविद्यालयको कार्यालय तथा प्रशासन खुलाउन कर्मचारीले सरकार तथा विद्यार्थी संगठनहरूलाई  आग्रह गरेका छन् । 

लामो समय देखी त्रिविमा ताला रहेको छ जसले गर्दा विश्वविद्यालयको प्रशासनिक तथा शैक्षिक कामकाज र अन्य कामहरु पनि प्रभावित भएका छन् । विभिन्न काराणले गर्दा त्रिवि लामो समय वित्दा पनि स्नातक तहका नतिजा प्रकाशित गर्न सकेको छैन् । 

त्रिविका कर्मचारी, विभिन्न कार्यालय तथा शाखाहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गरी तालाबन्दीका कारण दशैं, तिहार, नेपाल सम्वत्, छठ लगायत चाडपर्वमा पनि शिक्षक तथा कर्मचारीले तलब भत्ता नपाउने अवस्था आएको जनाएको छ। तालाबन्दीकै कारण शिक्षक तथा कर्मचारीले २०७९ असारदेखिको तलब पाउन सकेका छैन्न् । 

त्रिभुवन विश्वविद्यालयलाई धरासायी नबनाउन आग्रह गर्दै सरोकारवालाको ध्यानाकर्षण गराएको हो। कर्मचारीले  विद्यार्थी संगठन, प्राध्यापक संघ, कर्मचारी संघ, नागरिक समाज तथा अन्य सरोकारवालाई आवश्यक पहल गर्न आग्रह गरेका छन्।

२०७९ भदौ २७ १५:१५ बजे

प्रतिक्रिया