बारामा ५ हजार लालपुर्जा बाँड्दै आयोग

बारामा ५ हजार लालपुर्जा बाँड्दै आयोग

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २७ १५:०७ बजे
लालपुर्जा

काठमाडौं । राष्ट्रिय भूमि आयोग जिल्ला समिति बाराले  लालपुर्जा वितरण गर्ने  भएको छ ।  आयोगले आगामी मंसिरमा हसने निर्वाचन भन्दा अगाडिनै लालपुर्जा बाड्न लागेको हो । आयोगको जिल्ला समितिले भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासी गरी करिव ५ हजारलाई तत्कालै लालपुर्जा बाँड्ने गरी काम गरीरहेको  जनाएको छ ।  

आयोगका जिल्ला अध्यक्ष छविलाल उप्रेतीका अनुसार जिल्लाका १६ वटा स्थानीय तहमध्ये ७ वटा पालिकासँग सम्झौता गरेर आयोगले काम  गरिरहेको छ । तत्कालका लागि जीतपुर सिमरा उपमहानगर अन्तर्गत पथलैया, डुमरवाना, चकरी, अम्लेखगञ्ज, रामवन लगायत कोहल्वीको केही क्षेत्रमा तत्कालै पुर्जा बाँड्ने गरी काम  भइरहेको छ ।  

जग्गाको नाप, नक्सा, फिल्डबुक, लालपुर्जा, राजस्व सबै मिलाउने काम भइरहेको छ उनले बताएका छन् ।  हालसम्म आयोगले जीतपुर सिमरा उपमहानगर, कोहल्वी र निजगढ नगरपालिकाको ३ सय बिगाहा ऐलानी पर्ती जग्गा नापी  गरीसकेको उनले बताएका छन् । अन्य पालीकामा वडाले नतिजा संकलन गरीरहेको उनले बताएका छन् । 

२०७९ भदौ २७ १५:०७ बजे

प्रतिक्रिया