'सडकमा मानिस उफार्ने नेकांको देशघाती चरित्र'

'सडकमा मानिस उफार्ने नेकांको देशघाती चरित्र'

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २७ १४:३४ बजे
भीम रावल

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता भीम रावलले  नेपाली कांग्रेसले देशघाती  काम गरेको बताएका छन् । विवादीत बनेको नागरिकता विधेयक लाई लिएर नेपाली कांग्रेस निकट नेविसङ्घले आन्दोलन र राष्ट्रपतिको पुत्ला दहन गर्ने प्रयास गरेका थिए । आन्दोलनकै क्रममा विद्यार्थि र प्रहरी बिच झडप भएको थियो ।

नेता रावलले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन् । नेपालमा विदेशी सैनिक अड्डा बनाउने, नेपालका सीमा मिचिने ,प्राकृतिक स्रोत विदेशीको हितमा सुम्पने र राष्ट्रिय अस्मितामा आँच पुग्ने कामको विरोधमा चुइक्क नबोल्ने, देशको अस्तित्व गाँसिएको नागरिकता विषयमा राष्ट्रपतिले प्रमाणिकरण गर्ने समय नबित्दै सडकमा मानिस उफार्ने नेकांको देशघाती चरित् ।

नेता रावलले सरकाले ल्याएको  नागरीकता विधेयक र अन्य समझोताको विरोध गर्दै आएका छन् । नेपालले अहिले ल्याउन लागेको  नागरीकता विधेयक नेपाली नागरीकका लागि नभए विदेशीका लागि र विदेशीलाई  खुसी पार्ने ल्याएको उनको ओरोप रहेको छ ।  

२०७९ भदौ २७ १४:३४ बजे

प्रतिक्रिया