'प्रेमगीत ३' नेपाली र हिन्दी संस्करण एकैदिन प्रदर्शन हुने

'प्रेमगीत ३' को नेपाली र हिन्दी संस्करण एकैदिन प्रदर्शन हुने

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २७ १४:०० बजे
प्रेमगीत ३

काठमाडौं । इतिहासमै सबै भन्दा पहिलो नेपाली फिल्म हिन्दीमा र नेपाली दुवै भाषामा एकैसाथ प्रर्दशनमा  आउने भएको छ ।  सन्तोष सेनको निर्माण तथा निर्देशनमा बनेको फिल्म 'प्रेमगीत ३' नेपाली र हिन्दी एकै मितिमा प्रदर्शन हुने  लागेको हो ।

फिल्म असोज ७ प्रदर्शन हुन लागेको हो। फिल्मको टिजर सार्वजनिक भएसँगै दर्शकहरूले हिन्दी संस्करणलाई रुचाएका थिए।

निर्माण टिम यतिबेला फिल्मको प्रमोशनको लागि भारत पुगेका छन्। भारतमा फिल्मलाई जी-म्युजिक, यूएफओ र मधु इन्टरटेनमेन्टले प्रदर्शन गर्न लागेको हो।

फिल्म निर्देशनमा सेनले स्वर्गीय छेतेन गुरुङसँग सहकार्य गरेका छन्। फिल्मको कथा पनि निर्देशक गुरुङले नै तयार पारेका हुन्।

प्रदीप खड्का, क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको फिल्ममा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय रहेको छ।

२०७९ भदौ २७ १४:०० बजे

प्रतिक्रिया