काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वर्तमान सरकारका कारण मुलुकको सुशासन लज्जा आउन थालेको बताएका छन् ।
सोमबार काठमाडौंको बिशालनगरमा पुनर्निर्मित पञ्चकुमारी धर्मशालाको उद्घाटन गर्दै पोखरेलले संसद, न्यायालय र सरकारको अवस्था हेर्दा लज्जा लागिरहेको बताएका हुन् ।
राजनीतिक दलहरुमा पनि विकृति पैदा भएकाले खबरदारी गर्नुपर्ने बेला आएको र मुलुकलाई सहि दिशामा लैजान अहिलेको प्रणालीलाई बलियो बनाउनुपर्ने उनले बताएका छन् ।
प्रतिक्रिया