माछापोखरी क्षेत्रमा चल्यो महानगरको डोजर

माछापोखरी क्षेत्रमा चल्यो महानगरको डोजर

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २७ १२:५५ बजे
डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले पछिल्लो समय काठमाडौं महानगरपालिका भित्र बनेको अवैध संरचनालाई  हटाउने कार्यलाई  तिव्रता दिएको छ ।  महानगरले काठमाडौं  १६, बालाजुस्थित माछापोखरी क्षेत्रको अनधिकृत संरचनामाथि महानगरले डोजर चलाएको छ ।

गुणस्तर विभागको कार्यालय पछाडि रहेको गुम्बा क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाइएका घर तथा टहरा डोजर मार्फत भत्काउने काम भइरहेको नगर प्रहरी प्रमुख राजु पाण्डेले बताएका छन्। काठमाडौं महानगरले महानगर भित्र बनेको अवैध संरचनाहरुको  पहिचानलाई  तिव्र बनाएको छ । 

२०७९ भदौ २७ १२:५५ बजे

प्रतिक्रिया