महानगरलाई पठायो वीर अस्पतालले कर तिरेको विवरण

महानगरलाई पठायो वीर अस्पतालले कर तिरेको विवरण

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २७ १२:२८ बजे
वीर अस्पताल

 काठमाडौं ।  काठमाडौं महानगरपालिकाले कर तिर्न पत्र पठाएपछि वीर अस्पताले कर तिरेको छ । विर अस्पतालले  आफुले कर तिरको विवरण  महानगरपालिकालाई पठाएको हो । 

अस्पतालले ०७९ आषाढ मसान्तसम्मको सम्पुर्ण रकम जम्मा गरिसकिएको र यस आर्थिक वर्षको श्रावण १ गते देखि प्राप्त हुने रकम  कार्यालयमा जम्मा गरिने जनाएको छ।

अस्पतालले आफ्नो  स्वामीत्वमा रहेका विभिन्न घरटहराहरुलाई बहालमा लगाइएको र सो वापत प्राप्त हने रकमको १० प्रतिशत रकम  केन्द्र सरकारको खातामा आन्तरिक राजश्व कार्यालय ठमेलमा बुझाएको हो । काठमाडौं महानगरपालिकाले वीर अस्पताललाई १० दिनभित्र बहाल कर र जरिवाना तिर्न पत्र काटेको थियो। No description available.No description available.

२०७९ भदौ २७ १२:२८ बजे

प्रतिक्रिया