बन्दसूची सच्याउन दलहरूले पाए थप समय

बन्दसूची सच्याउन दलहरूले पाए थप समय

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २७ १२:०५ बजे
बन्दसूची

काठमाडौं।  विभिन्न काराणले विभिन्न राजनीतिक दलका उम्मेदवारहरु बन्द सुचिमा रहेकाहरुले नाम सच्याउन थप समय पाएका छन् । निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम निर्धारण गरी नेपाल राजपत्रमा प्रकाशित भइसकेको बताएको छ । राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची संशोधन गरी पेस गर्न १० देखि १६ असोजसम्मको समय दिइएको आयोगले बताएको छ। प्रतिनिधिसभा एवं प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २८ बमोजिम उम्मेदवारको बन्दसूची पेस गर्नेसम्बन्धी विधि तथा प्रक्रिया उल्लेख रहेको आयोगको भनाइ छ। 

निर्वाचन तालिकाबमोजिम राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची पेस गर्ने समय असोज २–३ सम्म कायम गरेको छ । राजनीतिक दलहरूलाई उम्मेदवारको बन्दसूची छानबिन गरी आवश्यकताअनुसार सच्याउन ४ देखि ९ असोजसम्म समय तोकिएको छ।

पेस गरेको बन्दसूचीमा मुख्य निर्वाचन अधिकृतबाट छानबिन भई राजनीतिक दललाई यस्तो सूची सच्याउन ४ देखि ९ असोजसम्म समय निर्धारण गरिएको आयोगले जनाएको छ।

२०७९ भदौ २७ १२:०५ बजे

प्रतिक्रिया