कैलालीमा जब आफ्नो मालिकको शव पछ्याउँदै चितामा चढ्यो कुकुर

कैलालीमा जब आफ्नो मालिकको शव पछ्याउँदै चितामा चढ्यो कुकुर

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २६ १६:४२ बजे

काठमाडौं । मानिसहरू भन्दा पनि कहिले कँही जनावरहरूले  देखाउने  व्यवहारले मानिसलाई  तान्दा छ र मानिस मानिस भन्दा पनि  जुनारसँगै रमाउन थाल्दछ । मानिसलाई  सबै भन्दा नजिकको मानिसले धोका दिन सक्ला तर तपाई हामिले पालेको पाल्तु जनावरले  भने आफ्नो बफादारी निभाउन छोड्दैन ।  

जनावरमा पनि कुकुरमात यती बफादारी हुन्छ की केही महिना अघि मात्र भारतमा भएको एउटा यस्तो अर्थात घटनाले सबैलाई कुकुरको बफादारिता देखेर आशु आएको थियो । जसले आफू मरेर बच्चालाई बचाएको थियो । जसमा कुकुरले बच्चालाई आफूले सर्प मारेर बच्चालाई  बचाएको  थियो  । 

 यो यर्थात घटना कैलालीको लम्कीचुहा नगरपालिका–५ को हो । त्यहाँका चुकुलाल चौधरीले आठ वर्षअघि एउटा बेवारिसे कुकुरको छाउरो घरमा ल्याएका थिए । उनले कुकुरको नाम  सिफ राखी दिएको थियो । सफीलाई उनकै आमा हैरानी चौधरीले स्याहारसुसार गरेर हुर्काइन् ।

कुकुरसँग उनको सम्बन्ध आफ्ना सन्तानजस्तै प्रगाढ बन्यो । चौधरीले आफ्नै कोखका बालबच्चा झैं सफीलाई माया दिए । उनीहरु सँगै बस्ने, खाने गर्थे । हैरानी चौधरीले जता गए पनि कुकुरलाई छाड्दैन थिई । तर भदौ २५ गते शनिबार हैरानी चौधरीको क्यान्सरले निधन भयो ।

जसै हैरानी चौधरीको शव घरमा राखियो, सफीले उनको साथ छाडेन । सामान्यतः मृत्यु संस्कारमा कुकुर–बिरालोलाई शव छुन दिइँदैन । हैरानीको शवको छेउछाउ आएपछि मलामीका लागि आएका छिमेकीले उनलाई धपाउन थाले ।

परम्परा अनुसार चौधरीको शवलाई उनी सुतेकै पलङमा राख्ने तयारी भयो । तर शव राख्नु अघि नै उक्त कुकुर पलङमा बसिदियो । छिमेकीले कुकुरलाई त्यहाँबाट पनि लखेट्न खोजे । कुकुर कसैगरी पनि त्यहाँबाट भागेन । आखिरमा कुकुरलाई समातेर नजिकैको रुखमा साङ्लोले बाँधियो ।

‘रुखमा बाँधेपछि झन् उग्र भयो । साङ्ला नै चुडाउँला झैं गरेर कराउन थाल्यो,’ हैरानी चौधरीका कान्छो छोरा अनन्तलाल भन्छन्, ‘पलङमा राखेर गरिने संस्कार सकेर शवलाई ट्याक्टरमा चढाइयो । अनि घाटतिर लाग्यौं । तर केही पर नपुग्दै कुकुर साङ्लाबाट फुत्किएर दौडिंदै हामीलाई पछ्याउन थाल्यो ।’

ट्याक्टर पछ्याउँदै सफी करिब पाँच किलोमिटरसम्म दौडिरह्यो । मुख्य सडकमा अरु गाडी पनि कुदिरहेको थियो । तर सफीले सोही ट्रकलाई मात्र एकोहोरो पछ्याइरह्यो ।तराईको चर्को गर्मी । त्यतिका समय कुकुर दौडिएको दौडिएकै छ । कुनै मलामीले कुकुरलाई पनि ट्याक्टरमै राख्न भने । ट्याक्टरमा चढाएपछि उक्त कुकुर हैरानी चौधरीकै शवको छेउमा बसिरह्यो ।

‘बेलाबेला शवलाई सुँघेर क्याउँक्याउँ गर्दै कराउँथ्यो,’ अनन्तलाल भन्छन्, ‘हामीलाई भन्दा बढी पीर त उसलाई परेको जस्तो देखिन्थ्यो ।’कर्णालीको घाटमा पुर्‍याएपछि चिता तयार गरियो । शवलाई चितामा राखियो । तर कुकुर पनि चितामा चढ्यो र शवसँगै लमतन्न परेर बसिरह्यो । कुकुरलाई हटाउँदा चिता भत्कियो । दाउराले कुकुरलाई चोट लाग्यो । तर ऊ पछि हटेन । ‘चितामा बसेपछि मलामी पनि भावुक भए,’ अनन्तलाल सुनाउँछन्, ‘शव जलाउन समस्या भएपछि उसलाई समातेर राख्यौं ।’

शव जलिसकेपछि पनि कुकुर चिता वरिपरि घुमिरहेको थियो । सफी नामको उक्त कुकुरले शवको पछि लागेको र चितामा बसेको भिडियो टिकटकमा अहिले भाइरल भएको छ । उक्त कुकुरले दर्शाएको प्रेमप्रति विभिन्न टिकाटिप्पणी भइरहेका छन् ।

कतिले टिकटक बनाउनका लागि पो कुकुरलाई सुताएर यस्तो भिडियो खिचेको हो कि भनेर शंका गरेका छन् । यद्यपि हैरानी चौधरीका छोरा अनन्तलाल भने यो कुनै नाटकीय घटना नभई कुकुरले वास्तवमै शवलाई पछ्याएको र चितामा बसेको बताउँछन् ।

२०७९ भदौ २६ १६:४२ बजे

प्रतिक्रिया