महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरण

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरण

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २६ १६:१७ बजे
महालक्ष्मी विकास बैंक

काठमाडौं । महालक्ष्मी विकास बैंकले जेहेनदार छात्रालाई छात्रवृती वितरण गरेको छ ।  महालक्ष्मी विकास बैंकले धनगढीस्थित श्री त्रिनगर माध्यामिक विद्यालय कक्षा नौँमा अध्ययनरत छात्रा हिरा जोशीलाई नवराज बहादुर सिंह जेहेन्दार छात्रवृत्ति प्रदान गरेको हो । विभिन्न सातवटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको एक महत्वपूर्ण संस्था मालिका विकास बैंकका संस्थापक अध्यक्ष स्व. नवराज बहादुर सिंहको स्मृतिमा सो छात्रवृत्ति स्थापना गरिएको थियो ।

अध्ययनमा उत्कृष्ट तर पारिवारिक आर्थिक स्थिति कमजोर भएकोले हिराको अध्यापनमा सहयोग पुर्याउने उद्देश्यले रु.पचास हजार बराबरको छात्रवृत्ति उपलब्ध गराएको बैंकले जनाएको छ । छात्रवृत्ति धनगढी शाखाका शाखा प्रमुख झंकार बहादुर कडायतले हिरा जोशीलाई हस्तान्तरण गरेका हुन् ।  

२०७९ भदौ २६ १६:१७ बजे

प्रतिक्रिया