पूर्वी नवलपरासीका दुई घरमा आगलागी हुँदा १३ लाख बराबरको क्षती

पूर्वी नवलपरासीका दुई घरमा आगलागी हुँदा १३ लाख बराबरको क्षती

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २६ १५:५६ बजे
आगलागी

काठमाडौं । पूर्वी नवलपरासीका दुई  ठाउँका  आगलागि भएको छ ।  आगलागीबाट १३ लाख मूल्य बराबरको क्षति भएको अनसमान गरीएको छ । मध्यबिन्दु नगरपालिका वडा नम्बर–२ सीतापुरका राजकुमार महतोको किराना पसलमा आगलागी हुँदा ६ लाख मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरीका  कार्यालयले जनाएको छ । 

त्यसैगरी देवचुली नगरपालिका वडा नम्बर १३ को एक शिशु स्याहार केन्द्रमा भएको आगलागीले ७ लाख मूल्य बराबरको क्षति भएको छ ।दुवै घरमा शनिबार विद्युत् सर्ट भएर आगो लागेको त्यहाँ मानवीय दुर्घटना भने भएको छैन । कावासोती नगरपालिकाको दमकल, स्थानीय र सुरक्षाकर्मीले आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

२०७९ भदौ २६ १५:५६ बजे

प्रतिक्रिया