सेयर बजार निरन्तर ओरालो

सेयर बजार निरन्तर ओरालो

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २६ १५:४१ बजे

काठमाडौं । निरन्तर ओरालो यात्रामा रहेको  सेयर बजार परिसुचक नेप्से कारोबारको पहिलो दिन आज आइतबार पनि  ओरालो लागेको छ । नेप्से निरन्तर ओरालो लागेसँगै कारोबार रकममा पनि गिरावट  आएको छ । नेप्से आज ११.४६ अंकले ल ओरालो लागको हो । आज नेप्से ओरालो लागेसँगै  १९२६.२८  विन्दुमा पुगेको छ ।  

 आज नेप्से ओराले लागेसँगै कारोबार रकम पनि खुम्चिन पुगेको छ ।  आज ७४ करोड ७२ लाख रुपैयाँ मात्रै कारोबार भएको छ  । आज कुल २५ लाख २४ हजार २२४ कित्ता सेयर २० हजार भन्दा बढी पटक किनबेच हुँदा कुल ७४ करोड ७२ लाख २६ हजार ६२५ रुपैयाँको मात्र कारोबार भएको हो । 

आज अन्य समूहको उपसूचक बाहेक १२ वटा उपसूचक ऋणात्मक भएका छन् । हाइड्रोपावर समूहको उपसूचक १.५५ प्रतिशतले घटेको छ भने आज डेभलपमेन्ट बैंकको उपसूचक १.५३ प्रतिशतले, होटल तथा पर्यटन १.४१ प्रतिशतले, फाइनान्स १.३७ प्रतिशतले र इनभेष्टमेन्ट समूहको उपसूचक १०८ प्रतिशतले घटेको छ । 

मैलुङ खोला जलविद्युत कम्पनीका सेयर धनीहरूका ४.५६ प्रतिशतले कमाएका छन् भने हिमालयन एभरेष्ट इन्स्योरेन्सका सेयर धनीहरुले ५.८२ प्रतिशतले गुमाएका छन् । 

२०७९ भदौ २६ १५:४१ बजे

प्रतिक्रिया