गुल्मीमा चितुवाको आक्रमणबाट एक जना घाइते,चितुवा मृत्यु

गुल्मीमा चितुवाको आक्रमणबाट एक जना घाइते,चितुवा मृत्यु

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २६ १३:५८ बजे
चितुवा मृत्यु

काठमडौं ।  गुल्मीमा चितुवाको आक्रमणबाट एक जना घाइते भएका छन् ।  रेसुङ्गा नगरपालिका-६ निनीचौर बस्ने वर्ष ३० का यमबहादुर कुँवर  चितुवाको  आक्रमणबाट घाइते भएका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। आज बिहान आफ्नै घरमा रहेको कुखुराको फार्ममा जाने क्रममा  चितुवाले उनलाई  आक्रमण गरेको थियो 

चितुवाले आक्रमण गर्दा कुँवरको हात र खुट्टामा चोट लागेको छ । कुँवरले प्रतिरक्षा गर्दा चितुवा मरेको छ । चितुवाको आक्रमणबाट घाइते भएका कुँवरको गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको र स्वास्थ्य अवस्था खतरामुक्त रहेको गुल्मी अस्पतालका मेडिकल सुपरिन्टेन्डन्ट डा .उत्तम पाच्यले बताएका छन् । 

चितुवाले कुँवरको फार्ममा साना र ठूला गरी ६१ वटा कुखुरा मारेको डिभिजन वन कार्यालय गुल्मीका प्रमुख प्रभात सापकोटाले बताएका छन् । पछिल्लो समय गुल्मीका ग्रामीण भेगहरुमा चितुवाको त्रास बढ्दै गएको छ ।  

२०७९ भदौ २६ १३:५८ बजे

प्रतिक्रिया