राष्ट्रपतिको पुतला दहन गर्न खोजेपछि त्रिचन्द्रमा नेविसंघ र प्रहरीबीच झडप

राष्ट्रपतिको पुतला दहन गर्न खोजेपछि त्रिचन्द्रमा नेविसंघ र प्रहरीबीच झडप

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २६ १३:३५ बजे
झडप

काठमाडौं । त्रिचन्द्र क्याम्पसमा नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघमा आबद्ध विद्यार्थी र प्रहरीबीच झडप भएको छ ।

आइतबार बिहान कलेजबाहिर विद्यार्थीले राष्ट्रपति विद्यादेवी भण्डारीको पुतला दहन गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । उनीहरूले प्रहरीमाथि ढुंगामुडा समेत गरेका छन् । 

संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि नागरिकता विधेयक राष्ट्रपतिकहाँ पुगेको छ। तर, नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै विद्यार्थी प्रदर्शनमा उत्रिएका हुन् ।

२०७९ भदौ २६ १३:३५ बजे

प्रतिक्रिया