विभिन्न तीन कम्पनीको शेयर नेप्सेमा सूचिकृत

विभिन्न तीन कम्पनीको शेयर नेप्सेमा सूचिकृत

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २५ ११:५४ बजे
शेयर

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यो साता तीन कम्पनीको शेयर सूचिकृत भएको छ । लुम्बिनी जनरल इन्स्योरेन्सको बोनस शेयर, प्राइम कमर्सियल बैंक र एनएमबि बैंकको ऋणपत्र नेप्सेमा सूचिकृत भएको हो । 

नेप्सेमा लुम्बिनी जनरल इन्स्योरेन्सको सोमबार ११ लाख ३८ हजार ९४५.५ कित्ता बोनस शेयर नेप्सेमा सूचीृकत भएको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ९.५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर, नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेमा प्राइम कमर्सियल बैंकको ‘१०.१५ प्रतिशत प्राइम डिबेन्चर–२०८४’ सूचीकृत भएको हो । यो ऋणपत्रको १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख इकाइ सूचीकृत भएको छ । प्राइम बैंकको यो ऋणपत्र ५ वर्षे अवधिको हो । यसमा लगानीकर्ताले वार्षिक १०.१५ प्रतिशत ब्याज पाउँछन् । 

एनएमबि बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । बैैंकको ‘एनएमबि ऊर्जा ऋणपत्र’ नेप्सेमा सूचीकृत भएको हो । उक्त ऋणपत्रको १ हजार रुपैयाँ अंकित दरका कुल २७ लाख २७ हजार ४३७ इकाइ नेप्से सूचीकृत भएको छ ।एनएमबि बैंकको यो ऋणपत्रमा लगानीकर्ताले वार्षिक ४ प्रतिशत ब्याज पाउनेछन् । 

२०७९ भदौ २५ ११:५४ बजे

प्रतिक्रिया