डडेल्धुरामा प्रधानमन्त्री शेर बहादुर देउवालाई चुनाव जित्न चुनौती नै चुनौती

डडेल्धुरामा प्रधानमन्त्री शेर बहादुर देउवालाई चुनाव जित्न चुनौती नै चुनौती

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २५ १०:५५ बजे
शेर बहादुर देउवा

काठमाडौं। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति रहेका शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा पनि संघको निर्वाचन रोचक बन्ने भएको छ । डडेल्धुरामा चुनाव रोचक बन्नु कारण हो , नेपाली कांग्रेसका बाट छुट्टिएर गएका अहिले नेपाली कांग्रेस बिपीका वरिष्ठ उपसभापति कर्ण मल्लले डडेल्धुराबाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ उम्मेदवारी घोषणा गरेका छन्।

मल्लले डडेल्धुरामा आयोजित कार्यकर्ता भेलामा  डडेलधुराबाट चुनाव लड्ने घोषणा गरेका हुन्।

मल्लले आफू प्रत्यक्षतर्फ प्रधानमन्त्री  शेर बहादुर देउवा विरुद्ध निर्वाचन लड्ने बताएका हुन् । गुल्मीका सागर ढकाल पनि डडेल्धुराबाट नै प्रतिनिधि सभा तर्फको  निर्वाचनमा लड्दै छन् ।

प्रधानमन्त्री देउवालाई  डडेल्धुरामा  लगातार निर्वाचन जित्दै आए पनि  यसपटकको निर्वाचन भने भारी पर्ने  देखिएको छ । देउवालाई  निर्वाचन भारी पर्नुका कारण  हो  गठबन्धनमा भए  पनि सबै एक्लाएक्लै निर्वाचनमा  जानु ।   प्रमुख प्रतिपक्ष  दल नेकपा एमालेले बलियो उम्मेदवार ल्याउनु र माओवादी जिल्लामा दोस्रो पार्टीको हैसियतमा  रहेको तर गठबन्धन  नगर्नु  आफ्नो छुटै छवि बनाएका  गुल्मीका  सागर ढकाल पनि  निर्वाचनमा  हुमिनुले  नेपाली कांग्रेसका सभापति देउवालाई यसपटकको निर्वाचन भने भारी पर्ने  भएको छ ।   

सबै पार्टीहरूले  आफ्नो आफ्नो पार्टीको तर्फबाट बलिया उम्मेदवारलाई अगाडि  सारेको छन् । नेकपा माओवादी केन्द्रबाट प्रतिनिधिसभातर्फ खगराज भट्ट र एमालेबाट पठान सिंह बोहरा सिफारिस भएका छन्।

२०७९ भदौ २५ १०:५५ बजे

प्रतिक्रिया