सीट बाँडफाँटका लागि सत्ता गठबन्धनको बैठक बस्दै

सीट बाँडफाँटका लागि सत्ता गठबन्धनको बैठक बस्दै

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २५ १०:१८ बजे
गठबन्धन

काठमाडौं। सिट बाँडफाँडको बिषयलाई लिएर सत्तारुढ गठबन्धनमा किचलो बढेको छ । शिर्ष नेताहरुले सिट बाँडफाँड सहमतिनजिक पुगेको दावी गरेपनि केही निर्वाचन क्षेत्रमा दुई दलको र केहीमा तीन दलको दाबी भएका कारण सिट पूणर् रुपमा भागबण्डा मिल्न सकिरहेको छैन ।

बिहीबार बसेको कार्यदल सहित शिर्ष नेताहरुको बैठकमा कार्यदलले प्रतिनिधिसभातर्फ १ सय ६५ मध्ये करिब ९० सिटमा सहमति जुटाएर प्रतिवेदन बुझाएको छ, तर ७५ सिटमा सहमति खोज्ने जिम्मा शीर्ष नेताहरुलाई नै सुम्पिएको छ ।

कार्यदलले प्रतिवेदन बुझाइसकेपछि पनि पार्टीहरुमा असन्तुष्टि देखिएका छन्। नेताहरुले सार्वजनिक मञ्चबाटै असन्तुष्टि पोखिरहेका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सबै दलले जित्ने गरी सिट बाँडफाँट नभए गठबन्धनको कुनै औचित्य नरहने बताएका छन्। आफूहरूले प्रतिनिधिसभाका लागि ३२ सिट माग गरेको बताए।

यस्तै नेपाली कांग्र्रेसको शेखर कोइराला पक्षले पनि १०० सिट घटि लिए विद्रोहको चेतावनी दिइसकेको छ । माधवकुमार नेपाल समेत आफुहरुलाई कमजोर नसम्झिन चेतावनी दिँदै आइरहेका छन्।

एकीकृत समाजवादी पार्टीका सम्मानि नेता झलनाथ खनालले समेत पार्टीमा सिट बाँडफाँडमा सकस भइरहदा चुनाव अघि नै माओवादीसँग कार्यगत एकता हुने बताइसकेका छन्।

सिट बाँडफाँडका लागि शुक्रबार बस्ने भनिएको निणर्यक बैठक पनि प्रधानमन्त्री शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको व्यवस्तताका कारण बस्न सकेन।

शिर्ष नेताअरुको निर्णायक भनिएको बैठक आज ४ बजे बस्दैछ । यो बैठकले सिट सबै क्षेत्रको भागबण्डा मिलाउने बताइएको छ ।

२०७९ भदौ २५ १०:१८ बजे

प्रतिक्रिया