दार्चुलामा बाढी- पहिरो अपडेटः २ जनाको मृत्यु, ११ जना बेपत्ता

दार्चुलामा बाढी- पहिरो अपडेटः २ जनाको मृत्यु, ११ जना बेपत्ता

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २५ १०:१४ बजे
बाढी- पहिरो

काठमाडौं। गएरातिदेखिको अविरल वर्षाले आएको बाढीले दार्चुला सदरमुकाम खलङ्गाको बंगाबगड क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ । नौगाड गाउँपालिकामा पहिरोमा परि २ जनाको मृत्यु भएको छ । नौगाड गाउँपालिकामा-१ सल्लामा पहिरोमा परि ३० वर्षीया किम्ती ठगुन्नाको मृत्यु भएको हो ।

यस्तै पानसिंह ठगुन्नाकी छोरी मोती ठगुन्नाको पनि मृत्यु भएको छ । मृतक बालिकाको पुरिएको अवस्थामा फेला परेको हो । पहिरोमा फसेका मृतकका बुवा पानसिंह ठगुन्ना र आमा फागुनी ठगुन्नाको जिवितै उद्धार गरिएको छ ।

यस्तै नौगाड गाउँपालिका वडा नम्बर २ दल्लेखका ६० वर्षीय मोहनराम पार्की पनि बेपत्ता रहेका छन् । पहिरोले सल्लाका आठ घर पुरिएका छन् भने स्थानीय बिरा ठगुन्नाको हाटखुट्टा भाच्चिएर घाइते अवस्थामा उद्धार गरिएको छ । उता नौगाडमा पहिरोमा परि केही मानिस बेपत्ता भएको आशंका गरिएको छ ।

यता, दार्चुला सदरमुकाम खलंगाको बंगाबगड क्षेत्रमा आएको बाढीले ठूलो क्षति पुर्‍याएको छ ।स्थानीयका अनुसार करिब डेढ दर्जन घरहरू बगेका छन्।

अहिलेसम्म एक विद्यालय, ११ घर, दुई वटा पुल र केही सवारी साधन बाढीले बगाएको भेटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक जगत गाहा मगरले जानकारी दिए। हालसम्म ११ जना बेपत्ता भएको उनले जानकारी दिए। घटनास्थलमा उद्धार कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ ।

२०७९ भदौ २५ १०:१४ बजे

प्रतिक्रिया