जनताको सहभागिता बिना विकास सफल हुँदैन : मन्त्री भुसाल

जनताको सहभागिता बिना विकास सफल हुँदैन : मन्त्री भुसाल

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २४ १६:५९ बजे
पम्फा भुसाल

काठमाडौं ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जनताको आकाङ्क्षा र जनसहभागिता अनुसारको विकासनै दिगो विकास हुने  बताएका छन् ।ललितपुर महानगर–२२, महर्जन समाजको २५औँ वार्षिक साधारण सभा आज उद्घाटन गर्दै  उनले यस्तो बताएकी हुन् । 

 उजले भनिन्न् “जनता सहभागिता नभएको विकास सफल हुन्न, त्यसैले जनतासँग सहमति लिएर मात्र विकासका आयोजना बनाउनुपर्छ ।”

आफूले बुङ्मतीका जनताको खेत सिँचाइका लागि महत्त्वपूर्ण पहल गरेको उल्लेख गर्दै भुसालले भोर्ले कुलोसहित ललितपुरका राजकुलोलाई संरक्षण गरेर निरन्तर पानी आउने अवस्था सिर्जना गरेको लाबी गरीन् ।  नख्खु करिडोरलाई विकास गर्ने योजनालाई तीव्रताका साथ अगाडि बढाएको बताउँदै उनले आगामीका दिनमा  जनताको गुणस्तरीय जीवन बिताउने अवस्था सिर्जना गर्न पहल गर्ने समेत बताएकी छन् । 

 उनले भनिन्, “बुङ्मतीका हरेक घरमा एक कोठा घरबास (होमस्टे) का लागि छुटाउनुपर्छ, यहाँ उत्पादन हुने मौलिक कलाका सामग्री बेजेर अर्थोपार्जन गर्नुपर्छ ।”

बुङ्मतीका कला, संस्कृतिलाई पुस्तान्तरण गरेर निरन्तरता दिनुपर्नेमा जोड दिँदै मन्त्री भुसालले नयाँ पुस्तालाई एकताबद्ध गरेर महर्जन समाजले आफ्नो संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिइन् । 

यहाँको जनताको आर्थिक अवस्था माथि उठाउनका लागि सिङ्गो बुङ्मतीलाई एकताबद्ध  गर्नुपर्ने  आवश्यक रहेको  अनले बताकी छन् ।  

२०७९ भदौ २४ १६:५९ बजे

प्रतिक्रिया