महानगरपालिकाद्वारा पशुपति क्षेत्रका अव्यवस्थित संरचना हटाउन थालीयो

महानगरपालिकाद्वारा पशुपति क्षेत्रका अव्यवस्थित संरचना हटोन थालीयो

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २४ १६:५० बजे
पशुपति क्षेत्र

काठमाडौं । काठमाडौं महानगरपालिकाले शुक्रवार बिहानदेखि पशुपति क्षेत्रका अवैध संरचना हटाउन थालेको छ । व्यापारीहरले  भने चाडवाड नजिकिदै गर्दा आफुहरुको रोजिरोटी  महानगरले खास्न लागेको  गुनासो गरेका छन् । 

महानगरपालिकाले सूचना जारी गर्दै अव्यवस्थित संरचना तत्काल हटाउन आग्रह गर्दा अटेर गरेको भन्दै शुक्रवारदेखि अव्यवस्थित संरचना हटाउन थालेको हो ।

पटक–पटक आग्रह गर्दासमेत पसल तथा व्यवसायीले नमानेपछि आफैँ स्थलगतरूपमा उत्रिएर संरचना हटाउन थालिएको वडा.न.८ अध्यक्ष सङ्गतले बताएका छन् ।

पाशुपति क्षेत्रका पसल व्यवसायीलाई शुक्रवार अवैध संरचना हटाउन आग्रह गरिएको र यसलाई अवज्ञा गरे शनिबारदेखि महानगरले सामान उठाएर लैजानेसमेत अध्यक्षले बताएका छन् । 

वडा दर्ता नभएका पसलहरुबन्द गर्ने काम पनि आजैबाट सुरु गरेको छ । काठमाडौं महानगरले हिजो मात्रै आफ्ना संरचना वहालमा लगाएर कर नतिरेका विभिन्न संस्थाहरलाई १० दिन भित्र कर बुझाउन पत्राचार गरीसकेको छ ।    

२०७९ भदौ २४ १६:५० बजे

प्रतिक्रिया