आन्दोलनका कार्यक्रम फिर्ता लिन आयल निगमको पत्राचार

आन्दोलनका कार्यक्रम फिर्ता लिन आयल निगमको पत्राचार

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २४ १६:३२ बजे
आयल निगम

काठमाडौं । नेपाल आयल निगमले नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघलाई  आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरेको छ ।

निगमका निर्देशक वीरेन्द्र गोईतद्वारा जारी गरिएको पत्रमा महासंघले भदौ २२ गते माग पेश गरेको विषयको पत्र प्राप्त भएको उल्लेख गर्दै महासंघले भदौ २४ गतेदेखि भारतबाट ल्याउने पेट्रोलियम पदार्थको पिडिओ नलिने एवं भदौ २५ गतेदेखि सबै नाकाबाट भारततर्फ लोडिङ गर्न नजाने लगायतका कार्यक्रम सार्वजनिक गरेकोप्रति निगमको गम्भीर ध्यानाकर्षण भएको  जनाउदै आन्दोलन फिर्ता लिन अनुरोध गरेको हो । 

 पत्रमा ‘महासंघबाट प्रेषित मागहरुका सम्बन्धमा निगम व्यवस्थापन सकारात्मक भई समस्या समाधानार्थ आवश्यक पहल कदमी भैरहेको व्यहोरा अनुरोध छ, पत्रमा भनिएको छ– ‘निगम सञ्चालक समितिमा महासंघको मागका सन्दर्भमा पटक पटक छलफल भई आवश्यक निर्णय हुने क्रममा रहेको हुँदा अति आवश्यक पेट्रोलियम पदार्थहरुको आपूर्ति तथा विक्री वितरणमा अवरोध पुर्याउन महासंघबाट चरणवद्ध रुपमा सार्वजनिक गरिएका आन्दोलनका कार्यक्रमहरु आजैका मितिदेखि फिर्ता लिनु हुन अनुरोध छ ।’ भनिएको छ । 

२०७९ भदौ २४ १६:३२ बजे

प्रतिक्रिया