नागरिकता विधेयकमा मुख्य राष्ट्रघाती प्रावधान के छन् ?

नागरिकता विधेयकमा मुख्य राष्ट्रघाती प्रावधान के छन् ?

bimbonline बिम्ब अनलाइन
२०७९ साउन ६ १२:१३ बजे
नागरिकता विधेयक


 काठमाडौं ।  नागरिकताका लागी आधार वर्ष मान्ने हो भने २०३७ साल चैत्र  मसान्त, २०४६ साल चैत्र   मसान्त र २०७२ साल असोज ३ गते को समय महत्वपूर्ण रहेको छ ।  


सरकाले ल्याउन लागेको नयाँ  नागरिकता  निद्येयकमा  जन्मका आधारमा नागरिकता पाएको सन्तान लाई अंगीकृत नागरिकता नदिई वंशजको नागरिकता दिने। नेपाली नागरिक आमा वाट जन्मेका वावुको पहिचान हुन नसकेका व्यक्तिलाई वंशजका आधारमा नागरिकता दिने ।गैरआवआसिय नेपालीलाई परिचयपत्र नदिई नागरिकता दिने प्रावधान ल्याउन  खोजेको छ ।


नागरिकता ऐन संशोधन गर्न बनेको विधेयक ले २०७२ साल असोज ३ गते भन्दा अधि जन्मका आधारमा  नेपालको नागरिकता प्राप्त गरेका  नागरिकका सन्तान बालिग भए पछि वंशजको आधारमा नेपालको नागरिक मानिने छ भन्ने  विधेयकमा कानुनी व्यवस्था गरेको छ। २०७२ साल असोज ३ गते भन्दा अधि जन्मका आधारमा नागरिकता प्राप्त गर्ने व्यक्ति को हुन ? यिनले वंशज वा अङ्गीकृतका आधारमा नागरिकता नपाएर किन जन्मका आधारमा लिए । यिनका सन्तानलाई जन्मका आधार वा अङ्गीकृत नागरिकता दिए्लिएमा नहुने कारण विधेयकमा छैन ।

वंशजको नागरिकता मात्र चाहिने किन रु जन्मका आधारमा  नागरिकता पाइ एक पुस्ता पनि पुरा  नभएका सन्तानले पाउने वंशज को नागरिकता र हजारौं पुस्ता देखि नेपालमा बसेका सन्तानले पाउने गरेको वंशजको नागरिकता  एउटै हुन वा केही फरक हुन्छ। यस बारेमा विधेयक पेश गर्ने गठबन्धनका पार्टीहरु मा.के काग्रेस,सजपा, नेकपा एस, सरकारी राजमो को केही बोलेका छैन बोल्न आवश्यक पनि ठानेका छैनन्।

कुनै पनि देशमा १ पटक मात्र आधार वर्ष नागरिकता का लागी निर्धारण गरिन्छ तर नेपालमा  २०३७ साल चैत्र  मसान्त, २०४६ साल चैत्र मसान्त र २०७२ साल असोज ३ गते गरि ३ पटक आधार वर्ष मानी विदेशीलाई नागरिकता दिने काम गरेको छ।

विभित्र समयमा अनेक कामले नेपालमा आएका नेपाल  भारतमा दोहोरो बसोवास भएका मूलत भारतीयहरू ले जन्मका आधारमा नागरिकता पाएका छन्। एक वंश नै पुरा नहुँदै यिनीहरूलाई  के का आधारमा वंशजका  नागरिकता दिन खोजेका हुन। त्यसको कारण र औचित्यता विधेयकमा उल्लेख गर्ने गरेको छैन।

विद्यमान संविधान र कानुन मा देशको राष्ट्रपति ,प्रधानमन्त्री, प्रधानन्याधीश, सभामुख, सुरक्षानिकायका प्रमुख, संवैधानिक निकायका प्रमुख र प्रदेश प्रमुख र प्रदेशको मुख्यमन्त्री हुनका लागी वंशजको नागरिकले मात्र हुने पाउने व्यवस्था   भएकोले जन्मका आधारमा नागरिकता पाउने – विदेशीहरू का सन्तानलाई वंशजको नागरिकता प्राप्त भएमा यस्ता नागरिक राष्ट्रको प्रमुख पदमा पुगे पछि लोण्डुव दोर्जे र महेन्द्र चौधरी जस्तै वैधानिक बाटो बाट नै सके सिङ्गो नेपाल नभए नेपालको कुनै प्रदेशलाई भारतमा गाभ्न का लागी सहज होस भन्ने प्रयोजनका लागी विधेयकमा यस्तो व्यवस्था गर्न लागेका हुन। 

विधेयकको अर्को व्यवस्था  नेपाली आमा वाट जन्म भइ नेपालमा नै  बसोवास गरेको वावु को पहिचान हुने नसकेको व्यक्ति वंशजका आधारमा नेपाली नागरिक मानिने छ । कुनै पनि महिला गर्भवती हुँदा निज महिलाको मानसिक सन्तुलन गुमाएको अवस्थामा बाहेक अन्य अवस्थामा कसको सम्बन्ध बाट गर्भधारण गरेको हो भन्ने कुरा महिलाको भनाइलाई नै विश्वास गर्ने भन्ने  प्रमाण कानुन र नजिरको मान्य रहेको अवस्थामा   बाबुको पहिचान हुने नसक्ने अवस्था हुदैन भने वादी समुदायका महिलाहरूमा कुनै समयमा यस्ता समस्या रहेका थिए तर वादी समुदायका महिलाको हक मा आमाको नाम वाट वँशजको नागरिकता पहिले देखि दिदै आएको अवस्थामा किन यस्ता प्रावधान राख्नु पर्ने ? कसका लागी यस्तो व्यवस्था गरिन लागेको हो। मूलत युरोप अमेरिकन व्यक्तिहरू सँग सम्बन्ध  राक्ने वा लिभिङटुकेदर गर्ने नेपाली महिलाहरुले यिनको सम्बन्ध वाट जन्माएका वच्चाहरुलाई वंशजको नागरिकता दिने प्रयोजनका निमित यस्तो व्यवस्था गर्ने खोजेका त  होइन्न

?यसरी विदेशी भान्जा भान्जीहरुलाई वंशजको नागरिकता दिने हो भन्ने यिनै भान्जा भान्जिहरुले देश नै समाप्त गरिदिने आसंका पनि  रहेको छ । 

विधेयकमा विदेशी मुलुकको नागरिकता प्राप्त गरी दक्षिण एशियाली क्षेत्रिय सहयोग सँगठनको  राष्टृ वाहेकको देशमा बसोवास गरेको र साविक निजका वाजे, वज्यै ,वुवा   आमा ले नेपालको वंशज ,जन्मका आधारमा नागरिता प्राप्त गरे पछि विदेशी मुलुकको नागरिकता प्राप्तगरेको व्यक्तिले  गैरआवाशिय नेपाली नागरिकता प्राप्त गर्न सक्ने छ यस्ता नागरिकलाई राजनितिक अधिकार बाहेक अन्य अधिकार हुने छन । कुनै पनि व्यक्ति एकै समयमा दुइ देशको नागरिक हुने पाउने विश्वव्यापी मान्यता छैन।

विश्वका कुनै पनि व्यक्ति एकै समयमा एक देशको नागरिक मात्र हुने पाउँछ। जुन देशको नागरिक छ सोहि देश प्रति सो व्यक्ति वफादार हुन्छ र आफु नागरिक रहेको देश प्रति निश्चित दायित्व उसले पुरा गर्नु पर्नु पर्ने हुन्छ। सो नगरेमा निजको नागरिकता रद हुने भन्ने विश्वव्यापि मान्यताका विपरित गैरआवाशियहरु नेपालीलाई नागरिकता दिन खोजिदै छ।

भविश्यमा गैरआवासिय नागरिकको नागरिकता भएको देश र नेपाल गैरआवाशिय नागरिकताभएको देशका विच अहिले युक्रेन र रुसका विच भएको लडाइ जस्तै भएमा गैर आवाशिय नेपालीहरुको  वफादारिता् भक्तिभाव कुन देश प्रर्ति हुन्छ ? गैरआवासिय नागरिकता प्राप्त गरेको नेपाल वा नागरिकता प्राप्त गरेको आफु वसेको देश रु स्वाभाविक रुपमा आफु वसेको देश प्रति नै उसको वफादारिता हुन्छ। यसकारण यस्ता व्यक्तिलाई गैरआवाशिय नागरिकता होइन की निजहरुलाई लगानी गरि व्यापार व्यवशाय गर्न पाउने गरि गैरआवाशिय परिचयपत्रको व्यवस्था गरिनु पर्छ। सो परिचयपत्र ले नै यस्ता व्यक्तिले गर्न चाहेका काम गर्न सक्ने छन्।

२०७९ साउन ६ १२:१३ बजे

प्रतिक्रिया