मिटरब्याज सम्बन्धी छुटेका गुनासो र उजुरी दर्ता गर्न सवै जिल्ला प्रशासन लाई निर्देशन

bimbonline बिम्ब अनलाइन
२०८२ कात्तिक २८ १८:३१ बजे

काठमाण्डौ । गृह मन्त्रालयले मिटरब्याजसम्बन्धी छुटेका गुनासो र उजुरी दर्ता गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र  मार्फत निर्देशन गरेको छ ।मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरी सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्लास्तरीय संयन्त्र क्रियाशील बनाउन भनेको हो ।

यसअघि सरकारले गठन गरेको अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी आयोगको पदावधि सकिएपछि गुनासो तथा उजुरी लिने काम रोकिएका थिए ।यसअघि गठन भएका तीन वटा आयोगमध्ये बाबुराम रेग्मीको अध्यक्षतामा गठित पछिल्लो आयोगको प्रतिवेदन अनुसार २०८२ सालको असार १२ गते सम्ममा ४३ जिल्लाबाट ४१ हजार ४ सय ९ उजुरी दर्ता भएकोमा ६ हजार ३ सय ९३ वटा उजुरी तथा गुनासो फर्छ्योट भएको छ । अझै ३५ हजार १६ वटा उजुरी फर्छ्योट हुन बाँकी छन् ।


२०८२ कात्तिक २८ १८:३१ बजे

प्रतिक्रिया