गौरामा देउडा हेर्न गएकी १५ वर्षीया बालिकामाथि सामूहिक बलात्कार

गौरामा देउडा हेर्न गएकी १५ वर्षीया बालिकामाथि सामूहिक बलात्कार

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २४ १६:१४ बजे
rape

काठमाडौं । कैलालीमा देउडा हृर्न गइकी १५ बर्षीया बालिका बलात्कृत भएकी छन् । घोडाघोडी नगरपालिकामा देउडा हेर्न गएकी १५ वर्षीया बालिका बलात्कृत भएकी हुन्  । २१ भदौको राति चार जनाले सामूहिक रूपमा बलात्कार गरेको भन्दै ती बालिकाले इलाका प्रहरी कार्यालय सुखडमा जाहेरी दिएकी  छन् ।

काम छ भन्दै एकान्तमा बोलाइ जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ । गौरा पर्वको अवसरमा ती बालिका सुखड बजारको हेलीप्याडमा भइरहेको देउडा हेर्न गएको समयमा घटना भएको प्रहरीले बताएको छ । 

 प्रहरीका अनुसार आरोपित चार जनामध्ये तीन जनालाई पक्राउ गरीएको छ । तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान  थालीएको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीले जनाएका छन् ।

चार जनामध्ये एक जना आरोपी भने फरार रहेका छन् । फारार रहेको व्यक्तिको पनि  खोजिकार्य  चलीरहेको  प्रहरीले जनाएको छ । 

२०७९ भदौ २४ १६:१४ बजे

प्रतिक्रिया