राष्ट्रपति भण्डारीद्धारा महारानी एलिजाबेथको निधनप्रति दुःख व्यक्त

राष्ट्रपति भण्डारीद्धारा महारानी एलिजाबेथको निधनप्रति दुःख व्यक्त

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २४ १६:०६ बजे
राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधनप्रति दुःख व्यक्त गरेकी छन् । लैनचौरस्थित बेलायती दूतावासमा शुक्रबार दिउँसो पुगेर राष्ट्रपति भण्डारीले महारानी एलिजाबेथको निधनप्रति दुःख व्यक्त गरेकी हुन् ।

शुक्रबार दिउँसो दूतावास पुगेर राष्ट्रपति भण्डारीले महारानी एलिजाबेथप्रति श्रद्धाञ्जली अर्पण गरेकी हुन् । महारानीको निधन खबरले आफू दुःखी भएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले आफ्नो र नेपाल सरकारको तर्फबाट एलिजाबेथप्रति श्रद्धाञ्जली व्यक्त गरेकी हुन् ।

दूतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै उनले एलिजाबेथको निधनप्रति दुःख व्यक्ति गर्दै आफ्नो र नेपाल सरकार र जनताको तर्फबाट श्रद्धाञ्जली अर्पण गरेकी हुन् । सात दशक राजगद्दीमा बसेकी ९६ वर्षीया महारानी एलिजाबेथको बिहीबार निधन भएको हो । 


२०७९ भदौ २४ १६:०६ बजे

प्रतिक्रिया