गठबन्धनकै कारणले अहिले नेपाली कांग्रेस सरकारमा छ : प्रधानमन्त्री देउवा

गठबन्धनकै कारणले अहिले नेपाली कांग्रेस सरकारमा छ : प्रधानमन्त्री देउवा

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २४ १५:५७ बजे
प्रधानमन्त्री देउवा

काठमाडौं। प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्ट  नेपाली कांग्रेसलाई सिधाउनके लागि अहिले  गठबन्धनको बिरोध भइरहेको बताएका छन् । 

देउवाले आज चितवनमा भएको कार्यक्रममा भने, ‘कांग्रेस पार्टीलाई बचाउन पनि गठबन्धन आवश्यक छ, तर यहाँ पार्टीलाई सिद्ध्याउन गठबन्धनको विरोध भइरहेको छ । ‘जनताको साथमा कांग्रेस’ अभियानको प्रथम चरणको समापन एवम् बिपी कोइरालाको १०९औँ जन्म जयन्तीको अवसरमा आयोजित सम्मान कार्यक्रममा सम्बोधन गर्न चितवन आएका देउवाले पाँच दलीय गठबन्धनकै कारण कांग्रेस  अहिले सरकारमा रहेको बताएका छन् । 

गठबन्धनकै कारणले चुनावपछि कांग्रेस देशको ठूलो दल बन्ने भन्दै प्रधानमन्त्री देउवाले भने, ‘अनि गठबन्धनबाट कसलाई फाइदा भयो रु विरोध गर्नुमा षडयन्त्र छ, जताततै प्रतिपक्षमा बसेको कांग्रेस प्रदेशदेखि प्रधानमन्त्रीसम्म भएको छ, कसलाई फाइदा भयो रु अनि किन विरोध रु विरोधको कुनै अर्थ छैन ।’

२०७९ भदौ २४ १५:५७ बजे

प्रतिक्रिया