काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा शेखर बराललाई नियुक्त गरीएको छ । आज बसेको कम्पनी संचालक समितिको बैठकले बराललाई चार वर्षे कार्यकालको लागि नियुक्त गरेको हो ।
खुला प्रतिस्पर्धाबाट सीईओ नियुक्ती प्रक्रियामा सहभागी भएका बराल अन्तिम तीन जनामा सर्टलिष्टिङमा समावेश मध्येका एक हुन् । आजै बसेको कम्पनीको संचालक समितिले सिईओ छनौट समितिको प्रतिवेदनको आधारमा बराललाई सीईओमा नियुक्त गरेको हो ।
सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीमा नयाँ सिईओ नियुक्तीका लागि गत वर्ष खुल्ला प्रतिस्पर्धाबाट नियुक्तीको लागि दरखास्त आह्वान गरिएको थियो ।
प्रतिक्रिया