नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिने निर्णयको विरोध

नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिने निर्णयको विरोध

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २४ १४:०० बजे
नयाँ स्टक एक्सचेन्ज

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)  का कर्मचारीहरुले नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिने निर्णयको विरोध गरेका छन् ।

नयाँ एक्सचेन्जलाई लाइसेन्स दिनेगरी संशोधन गरिएको धितोपत्र सञ्चालन नियमावली २०६४ सरकारले अनुमोदन गरेपछि नेप्से कर्मचारी युनियनले विरोध  गरेका हुन् । युनियनले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै नियामक निकायका केही वरिष्ठ पात्रहरू धनाढ्य व्यापारीहरूको प्रभावमा परेर नेप्सेको अरबौंको सरकारी सम्पत्तिलाई कौडीको भाउमा सिद्धाउने बाँटोमा हिडेको आरोप लगाएको छ ।

 देशमा दुई वटा स्टक एक्सचेन्ज आवश्यक नरहेको कर्मचारीहरूले बताएका छन् । अन्य देशहरुमा स्टक एक्सचेन्जहरुमा धमाधम मर्जरको लहर चलिरहँदा नेपालमा भने उल्टो गतिमा हिड्नु गलत भएको युनियनको भनाई रहेको छ । नेप्से कर्मचारी संघले धितोपत्र बोर्डसँग दुईवटा स्टक एक्सचेञ्ज  नियमन गर्ने स्रोत र साधन पर्याप्त नभएको बताएको छ । 

२०७९ भदौ २४ १४:०० बजे

प्रतिक्रिया