नाराले मात्रै देशको विकास हुँदैन : प्रकाशमान सिंह

नाराले मात्रै देशको विकास हुँदैन : प्रकाशमान सिंह

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २४ १३:१३ बजे
प्रकाशमान सिंह

 काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नाराले मात्रै  देशको विकास नहुने बताएका छन् । शुक्रबार काठमाडौंको बुद्धनगरमा सामुदायिक भवन एवं सुवर्ण पार्क उद्घाटन  कार्यक्रममा  सिंहले मुलुकको विकासका सपना पूरा गर्न नाराले मात्रे नहुने बताएका छन् । 

सिंहले राम्रा प्रतिनिधि चयन गर्दा त्यसको प्रतिफल कस्तो हुन्छ भन्ने उदाहरण काठमाडौंमा क्षेत्र नम्बर १ ले देखाएको दाबी गरे । उनले समुदायमा काम गर्दा पारदर्शी रूपले गर्नुपर्ने बताएका छन् । 

नेता सिंह र बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठद्वारा सांसद विकास कोष अन्तर्गतको रकमबाट सामुदायिक भवन एवं सुवर्ण पार्क निर्माण गरिएको हो ।

२०७९ भदौ २४ १३:१३ बजे

प्रतिक्रिया