पुर्व राजा ज्ञानेन्द्र शाहद्धारा वेलायतीकी महारानि एलिजावेथको निधन प्रती दुःख व्यक्त

पुर्व राजा ज्ञानेन्द्र शाहद्धारा वेलायतीकी महारानि एलिजावेथको निधन प्रती दुःख व्यक्त

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २४ १२:४९ बजे
पुर्व राजा ज्ञानेन्द्र शाह

काठमाडौं । नेपालका पुर्व  राजा  ज्ञानेन्द्र शाहले  वेलायती  महारानि एलिजावेथकाे निधनमा  दुःख व्यक्त गरेका छन् । 

महारानी एलिजावेथको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको हो।स्कटल्यान्डमा रहेको बालमोरल क्यासलमा उनको निधन भएको हो । उनी बेलायतमा सबभन्दा लामो समय, ७० वर्ष सात महिना अवधिक शासन गर्ने महारानी हुन्। उनी सन् १९५२ मा महारानी बनेकी थिइन्। अब उनीपछि उनका जेठा छोरा चार्ल्स बेलायतका राजा बन्नेछन्। रानी एलेजावेथका चार्ल्ससहित चार सन्तान छन्।उनका श्रीमान राजकुमार फिलिपको सन् २०२१ अप्रिलमा निधन भएको थियो। त्यसको पाँच वर्षपछि एलिजावेथ बेलायतकी महारानी बनेकी थिइन्। राजकुमार फिलिपको निधन भएको एक वर्ष नबित्दै महारानी एलिजावेथको निधन भएको हो । 

पुर्व राजा ज्ञानेन्द्र शाहले सामाजिक सञ्जा ट्वीटरमा लेखेका ," We are deeply saddened by the death of British Queen Elizabeth. In this hour of mourning, we wish the entire royal family, including the British people, the strength to endure from me myself and from the citizen of Nepal."

"बेलायती महारानी एलिजाबेथको निधनले हामी गहिरो दुःखी छौं। शोकको यस घडीमा बेलायती जनता लगायत सम्पुर्ण राजपरिवारमा म र नेपाली नागरिकको तर्फबाट धैर्यधारण गर्ने शक्ति मिलोस भन्ने कामना गर्दछौं ।"

२०७९ भदौ २४ १२:४९ बजे

प्रतिक्रिया