नेशनल माइक्रोफाइनान्सको संस्थापक सेयर लिलामीमा

नेशनल माइक्रोफाइनान्सको संस्थापक सेयर लिलामीमा

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २४ १२:०७ बजे
नेशनल माइक्रोफाइनान्स

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका संस्थापक सेयर लिलामीमा गएका छन् । लघुवित्तले शुक्रबारदेखि ६२ हजार पाँच सय कित्ता संस्थापक सेयर लिलामीमा राखेको छ।

कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम मूल्य ७५० रुपैयाँ तोकेको छ । लगानीकर्ताले ७५० रूपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी लिलामी बोलपत्र पेस गर्नेपाउने छन् । 

 यसमा लघुवित्तको विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । न्यूनतम एक सय कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । बोलपत्र पेस गर्ने अन्तिम म्याद २७ असोजसम्म तोकिएको छ । 

२०७९ भदौ २४ १२:०७ बजे

प्रतिक्रिया